प्रेम प्रस्ताव राख्न प्रधानमन्त्रीसँग मागे हेलिकोप्टर, पाए यस्तो रोचक जवाफ


आजकाल सोसल मिडियामा मानिसहरुको सक्रियता बढ्दो छ । मानिसहरु यसमा हाँसो ठट्टा पनि गर्छन् । यसै क्रममा भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ताको एउटा ट्वीट निकै रोचक छ जसमा उनले एक प्रयोगकर्तालाई हेलिकोप्टर बिना नै प्रेम प्रस्ताव राख्नुका फाइदाबारे बताइरहेका छन् ।

ओडिशाका एक प्रयोगकर्ताले प्रधानमन्त्री मोदीलाई ट्याग गर्दै प्रेम प्रस्ताव राख्न हेलिकोप्टरको माग गरे । उनले एकपटक होइन बारम्बार ट्वीट गरे ।
हालै भाजपाका प्रवक्ता बनेका बैजन्त जय पाण्डाले उनको यो ट्वीटमा प्रतिक्रिया दिँदै उनलाई हेलिकोप्टर नलैजान सल्लाह दिए । र हेलिकोप्टर बिना नै प्रस्ताव राख्नुका फाइदा पनि बताए ।
पाण्डाले लेखेका छन्, ‘तपाईंले यसका लागि पटकपटक अनुरोध गर्नुभयो । तर मलाई लाग्छ तपाईंले हेलिकोप्टर बिना नै प्रस्ताव राख्नुपर्छ । किनभने उनको प्रतिक्रिया बाह्य तत्वबाट मुक्त हुनुपर्छ ।
यद्यपि, हेलिकोप्टर बिना नै राखेको प्रस्ताव यदि स्विकार गरियो भने विवाहको दिन उनी आफैंले हेलिकोप्टरमा उडाइदिने वचन पनि दिए ।

Post a Comment

0 Comments