पर्वतमा मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, जीप दुर्घटना ३ घाईते

पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न ८ खनियाँघाटमा ध १ प ८९५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार साँधुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी बागलुङ नगरपालिका वडा न २ बस्ने ३७ बर्षका बाबुराम केसीको मृत्यु भएको छ ।
दुर्घटनामा परेका केसीको तत्काल उद्धार गरी प्रहरील बागलुङ अस्पतालमा पुराएको थियो । अस्पतालले केसीलाई मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार थिङले जानकारी दिए । मोटरसाइकल सकबाट अन्दाजी २२ मिटर तलको खोचमा खसेको प्रहरीले जनाएको छ । यसैगरी पर्वत जिल्ला को मोदी गाउँपालिका ५ अम्बोटस्थित कुश्मा पोखरा सडक खण्डमा म्याग्दीबाट पोखरातर्फ आउँदै गरेको ग ३ च १०९ नं.को जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा दुर्घटना परेका हुन । जीपमा चार जना सवार रहेकोमा एक जना सकुशल रहेको धाईते तीन जनाको उपचारका लागि पोखरा ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

Post a Comment

0 Comments